काठमाण्डौ । धितोपत्र बोर्ड सेयर कारोबार अवधि बढाउने निर्णयमा केही दिन पनि टिक्न सकेन । अन्ततः बोर्डकै इच्छाअनुसार बढाइएको दैनिक सेयर कारोबार अवधि सम्बन्धी व्यवस्था खारेज गरी पुरानै अवधि कायम गरिएको छ ।
धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले गत चैत पहिलो सातादेखि लागू हुने गरी दैनिक सेयर कारोबार समय बढाएर ५ घण्टा पुर्याएको थियो । तर, यो निर्णयअनुसार बजार केही दिन नचल्दै लकडाउनका कारण लामो समय बन्द हुन पुग्यो ।
लकडाउन खुकुलो भएपछि सोमबारदेखि खुल्न लागेको सेयर बजारको कारोबार अवधि पहिलाको झै ४ घण्टाको मात्र हुने नेप्सेले प्रष्ट पारेको हो । यसरी हेर्दा धितोपत्र बोर्डजस्तो निकायले गर्ने निर्णय कति हचुवाको भरमा आउँछ भन्ने पनि देखिएको छ ।
नेप्सेले गत फागुन ३० गते एक सूचना जारी गर्दै धितोपत्र बोर्डको निर्देशन अनुसार कारोबार समय एकघण्टा थपिएको प्रष्ट पारेको थियो । नेप्सेद्वारा जारी सूचनाअनुसार आइतबारबाट प्रारम्भिक कारोबार समय बिहान १० बजेर ३० मिनेटदेखि ११ बजेसम्म कायम गरिएको थियो । यस्तै, बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म कायम गरिएको थियो । तर, यो व्यवस्था अब खारेज भएको छ ।
सोमबार(असार १५)देखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म(पहिलाको जस्तै) गरी सेयर कारोबार हुने नेप्सेले प्रष्ट पारेको छ । नेप्सेले सर्किट बे्रकर, मूल्य परिवर्तनको सीमा लगायतका अन्य व्यवस्था पनि चैत १० अघिकै कायम हुने समेत प्रष्ट पारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago