काठमाण्डौ । साताको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ। नेप्से इन्डेक्स आज १३.१८ अंकल बढेर १८६४ विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स समेत आज ३.०८ अंकले बृद्धि भएको छ। 

सेयर बजारमा सामान्य अंकको सुधार देखिए पनि आज निर्जीवन बीमा उपसूचक घटेको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ बाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ। 

बीमा समूहका दुई उपसूचकहरु लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्समध्ये लाइफ इन्स्योरेन्स ०.९० प्रतिशतले बढेको छ भने नन–लाइफ ०.५३ प्रतिशतले घटेको छ। 

बजार बढ्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ? 

आज सर्वाधिक सेयरभाउ बढ्ने बीमा कम्पनीहरुमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ २.७६ प्रतिशत अर्थात् १२.९० रुपैयाँले बढेर ४८० रुपैयाँ पुगेको छ। 

त्यस्तै, शिखर इन्स्योरेन्सको २.१३ प्रतिशत, सिटिजन लाइफको १.५० प्रतिशत, हिमालयन लाइफको १.२८ प्रतिशत, सूर्यज्योति लाइफको १.२४ प्रतिशत, नेपाल लाइफको १.२३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०७ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७५ प्रतिशत, एलआईसी नेपालको ०.६७ प्रतिशत, एसियन लाइफको ०.३२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.१३ प्रतिशतले बढेको छ। 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ४.०५ प्रतिशत अर्थात् ३० रुपैयाँले घटेर ७१० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको २.९५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.८२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१७ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.१५ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०६ प्रतिशतले घटेको छ। 

मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा तीन बीमा कम्पनी परेका छन्। सर्वाधिक सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख, रिलायबल नेपाल लाइफको २ करोड १६ लाख र आईएमई लाइफको २ करोड १ लाख रुपैयाँ माथिको कारोबार भएको छ।