काठमाण्डौ । आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ। 

उक्त विशेषताले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीले सबैभन्दा बढी मन पराएको पाइएको छ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। 

आइएमई डिजिटल सोलुसनले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानी, विद्युत तथा खानेपानीको महसुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकारअन्तर्गतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउनुपर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बीमा, ईएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।