काठमाण्डौ । बजारमा अन्डाको खुद्रा मूल्य बढेको छ। अब उपभोक्ताले प्रतिगोटा १६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि प्रतिगोटा १५ रुपैयाँ थियो।
नेपाल अन्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अन्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो।
प्रतिक्रेट ठूलो अन्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ। माघमा प्रतिक्रेट ठूलो अन्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो।
संघद्वारा जारी विज्ञप्तिमा उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अन्डाको बिक्री मूल्य नयाँ निर्धारण गरिएको उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19