काठमाण्डौ । विप्रेषण आप्रवाह(रेमिटान्स आउने क्रम) बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.६७९ अर्ब ७३ करोड पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । 

यो अवधिमा खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु.७७६ अर्ब २७ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो ।