काठमाण्डौ । साताको दुई दिनसम्म घटेको बजार मंगलबार भने बढेको छ । यो दिन नेप्से परिसूचक ६.७७ अंकले बढेर १२१७.६५ को विन्दूमा पुगेको हो ।
यो दिन केही कम्पनीले लाभांश घोषणा गरेको र बजार घटेर विकास बैंकका सेयर आइपीओ मूल्यमै पाउन थालिएको भन्ने खबरले बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।
वाणिज्य बैंक तथा अन्य ठूला कम्पनीहरुले दशैंअघि घोषणा गर्नसक्ने आकर्षक लाभांशको लोभमा समेत यो दिन केही खरीदारी बढेको देखिन्छ । तर, यो बढोत्तरीले दीर्घकालीन वृद्धिको भने संकेत गर्दैन । अझै पनि ठूला लगानीकर्ताको बजारमा प्रवेश भएको छैन भने लगानीकर्तामा आत्मविश्वास जाग्न सकेको छैन ।
कारोबार रकमको दृष्टिकोणले हेर्ने हो भने बजार वृद्धि हुने केही आशा भने गर्न सकिन्छ । यो दिन ३३ करोड बढीको कारोबार भएको छ । केही साताअघि मात्र १८ देखि २० करोडको हाराहारीमा सीमित हुँदै आएको कारोबार ३० करोड माथि पुग्नु सुखद पक्ष हो ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६४ अंकको बढोत्तरी भएको छ।
बित्त समूह ०.२६ अंक तथा निर्जीवन बिमा समूह ६५.२८ अंकले घटेको यो दिन बाँकी सबै समूहको सूचक बढेको छ ।
बैंकिंग समूह ७.२३ अंकले बढेको छ भने व्यापार समूह ०.८४, होटल समूह ४९.४८, विकास बैंक समूह १५.६४, जलविद्युत समूह २.८५, उत्पादनमूलक २४.७, अन्य समूह ३.७२, माइक्रोफाइनान्स समूह ११.८, र जीवन बिमा समूह १८.६३ अंकले बढेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन एनआइसी एशिया बैंकले सबैभन्दा बढी २ करोड ७४ लाख बढीको कारोबार गर्यो । कुमारी बैंकले २ करोड २८ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १ करोड ५८ लाख बढीको कारोबार गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको १ करोड ३० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा देवः विकास बैंकले १ करोड, नेपाल बैंकले १ करोड, राष्ट्रिय बिमा कम्पनीले १ करोड बढीको कारोबार गरे । मेरो माइक्रोफाइनान्सले ८५ लाख, सनराइज बैंकले ८३ लाख र जनता बैंक नेपालले ८३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । आकर्षक बोनसको प्रभाव यो कम्पनीको सेयर मूल्यमा परेको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो ।
यो दिन राष्ट्रिय बिमा कम्पनीका साधारण र संस्थापक सेयरधनीले धेरै गुमाए । साधारण सेयरको मूल्य ७.२६ र संस्थापक सेयरको मूल्य ७.८५ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago