काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमीटेडले सेयरधनीलाई घोषणा गरेको आकर्षक लाभांशका कारण दोश्रो बजारमा कम्पनीको सेयरमा खरीद चाप देखिएको छ ।
बम्पर बोनसको लोभमा लगानीकर्ताले दोश्रो बजारमा यो कम्पनीको सेयर खरिदारीमा ध्यान दिंदा मूल्य समेत बढेको छ ।
आइतबार बजार खुलेको पहिलो एकघण्टामा कम्पनीको सेयरमूल्यमा करिब ४ प्रतिशतको बढोत्तरी भएको छ ।
नेपाल लाइफको फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
यो घोषणसँगै पहिलो एकघण्टामा कम्पनीको सेयर मूल्य प्रतिकित्तामा ३८ रुपैयाँको दरले बढेर १०५३ रुपैयाँ पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19