काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार ४ वटा बैंकका सेयरमूल्य समायोजन भएको छ।
गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकका सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता नबिल बैंकको १ हजार ३८ रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३०७ रुपैयाँ, नेपाल एसबीआई बैंकको ३८५ रुपैयाँ र कृषि विकास बैंकको ४२४ रुपैयाँ कायम गरेको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यी चारै बैंकको क्रमशः १ हजार ३८६ रुपैयाँ, ३५० रुपैयाँ, ४०८ रुपैयाँ र ४८८ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी बैंकहरुको सेयर कारोबारमा आउने छ।
बम्पर लाभांश घोषणा गरेको नबिल बैंकको वार्षि साधारणसभा यही पुस २९ गते हुनेछ। सोही सभाले ३३.५ बोनस र १.७६ प्रतिशत नगद गरी कुल ३५.२६ प्रतिशत लाभांश पारित गर्नेछ।
यसैगरी ग्लोबल आईएमई बैंकले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
त्यस्तै नेपाल एसबीआई बैंकले पनि आफ्नो वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्दैछ। सोही सभाले बैंकले प्रस्ताव गरेको कुल ९.४७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद रहेका छन्।
उता कृषि विकास बैंकको १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश यही पुस २९ गते वार्षिक साधारणले स्वीकृति दिनेछ।
यी चारै बैंकले आज पुस १५ गतेबाट बुक क्लोज गरेका छन्। हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी बैंकद्वारा प्रस्तावित लाभांश पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19