काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने हिसाबले सूचना सार्वजनिक गरेको भन्दै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको दोस्रो बजारमा कारोबार स्थगन गरेको छ।
नेप्सेले सोमबार एक सूचना जारी बरुण हाइड्रोपावरको धितोपत्र कारोबार स्थगित गरिएको जानकारी गराएको हो। साथै नेप्सले यो कम्पनी नेप्सेको पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र के–कति कारणबाट समयमै जानकारी दिन नसकेको भन्नेबारेमा स्पष्टीकरण पेस गर्न अनुरोध पनि गरेको छ।
कम्पनीले च नं. २३/०७७–७८ मार्फत मंसिर २८ गतेको पत्रबाट गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट साबिकका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशतले नगद लाभांश दिने प्रस्ताव गरिएको व्यहोरापत्र आज (मंसिर २९ गते) कारोबार समयमा प्राप्त भएको नेप्सेले जनाएको छ। धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम २२(१)(घ) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कोरोबार खुल्नुअघि त्यस्ता सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पर्छ । तर उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले सोही विनियमावली विनियम १६(१) (ख) मा भएको व्यवस्थाअनुरुप आजको निर्णयबमोजिम बरुण हाइड्रोपावरको धितोपत्रको दोस्रो बजारमा कारोबार स्थगन गरिएको नेप्सेको सूचनामा उल्लेख छ।
वरुण हाइड्रोपावरको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत हुन आउने नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) गरी कुल ५.२६३ प्रतिशत वितरण गर्ने निर्णय गरेको थियो।
योसँगै बैठकले कम्पनीको १७ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गते गर्ने निर्णय पनि गरेको थियो। सोही वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको थियो।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago