काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ।
यसै क्रममा बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित जोगीगाउँ बजारमा गत साउन १५ गतेबाट १११ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलका माध्यमबाट प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19