stock Market
काठमाण्डौ । बजार दोहोरो अंकले बढेको छ । कारोबार रकम थोरै घटे पनि बजार परिसूचक दोहोरो अंकले बढेपछि खरिदकर्ताको चाप बढ्न थालेको देखिएको हो।
लगानीकर्ताहरुमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बजार बढ्ने आशा थप बढेर गएको देखिएको छ । विज्ञहरुले निर्वाचनपछि बजार बुम हुने विश्लेषण गरिरहँदा आशावादी देखिएका लगानीकर्ताहरुले खरिदारी बढाएका हुन् ।
निर्वाचनपछि स्थिर सरकार आउने, राजनीतिक अजेण्डा सकिएर आर्थिक अजेण्डामा दलहरुको ध्यान केन्द्रीत भई समृद्धि र विकासको कामले गति पाउने, तथा यस्तो अवस्थामा विदेशी लगानी भित्रिएर बजारका लागि समेत स्वर्णिम युुग सुरु हुने तर्कप्रति बजारले हरियो झण्डा फहराइरहेको देखिन्छ । निर्वाचनपछि नै सेयर बजारमा गैरआवासीय नेपालीहरुको प्रवेश हुनसक्ने, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात हुनसक्ने लगायतका संभावनाले समेत बजारलाई माथि उचाल्न जोड गरिरहेको देखिएको छ ।
सोमबार झिनो अंकले घटेको बजार मंगलबार १०.१२ अंकले बढी १५२३.८६ अंकको उचाईमा पुग्यो । यो दिन बिमा र उत्पादनमूलक बाहेकका सबै समूहको सूचक हराभरा भए । अन्य समूह, जलविद्युत र होटल समूहमा उछाल आयो । अन्य समूह ३४.४१ अंकले बढ्यो भने जलविद्युत र होटल समूहमा क्रमशः ३२.५ अंक र ३०.२९ अंकको बढोत्तरी भयो । बैकिङ समूह ५.३ अंकले बढ्यो भने विकास बैंक २.७४, माइक्रोफाइनान्स १३.८७, बित्त समूह ०.७३ अंकले बढे ।
बिमा समूहमा १४.०८ अंकको गिरावट देखियो भने उत्पादनमूलक १५.५७ अंकले घट्यो ।
लगानीकर्ताहरुले छानी–छानी ‘क’ वर्गका कम्पनीको सेयर खरिदारी बढाएका कारण सेन्सेटिभ इण्डेक्स २.३२ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत ०.५१ अंकको वृद्धि भयो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ६३ कम्पनीका ९ लाख ९९ हजार ६० कित्ता सेयर ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपैयाँमा किनबेच भयो । यो दिन चिलिमे हाइडो कम्पनी लिमीटेडले सबैभन्दा बढी ४ करोड २३ लाख बढीको कारोबार गर्यो । यस्तै, बुटवल पावर कम्पनीले ३ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९३ लाख, नागबेली लघुवित्त विकास बैंकले २ करोड ७८ लाख, एनसीसी बैंकले २ करोड ५० लाख बढीको कारोबार गरे । यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको २ करोड १८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले २ करोड १३ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ७ लाख, नेपाल टेलिकमले १ करोड ८२ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए । यो बैंकको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । स्वदेशी लघुवित्त बित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, यूनाइटेड फाइनान्स र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन सबैभन्दा बढी कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य ३.२२ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago