 
                     
                                
                             
                                    काठमाण्डौ । परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित भएका नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ।
गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा संस्थापक चौधरीको मुटुको शल्यक्रिया भएको हो।
शल्यक्रियापछि चौधरीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको हो।
सर्जरीपछि हाल चौधरीलाई पोस्ट अपरेटिङ केयरमा राखिएको छ। अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
चौधरी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए। त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए। सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19