काठमाण्डौ । वैदेशक रोजगारका लागि बहराइनका थप ७७ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ।

बहराइनस्थित नेपाली दूतावासले हिजो मंगलबार प्रेसित सूचना थप त्यहाँ रहेका ७७ जना नेपाली कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै बहराइनमा रहेका १२६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। 

दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो। यो दिनसम्म नेपालीसहित बहराइनमा कुल १ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमा दुईजनाको अवस्था नाजुक रहेको छ भने १ हजार २४६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये ८ जनाको मृत्यु भएको दूतावासको पत्रमा उल्लेख छ। 

गत फ्रेब्रुअरी २१ बाट बहराइनमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता हालसम्म बहराइनमा १ लाख २१ हजार २६० को कोरोना टेस्ट गरिएको बताइएको छ।

कुनै समस्या भएमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ।