काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको कोहलपुर ११ मा शाखा विस्तार गरेको छ। 

संस्थाले कोहलपुरमा खुलेको शाखाको उद्घाटन आज लुम्बिनी प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी र राष्ट्रि सहकारी बैंककी सञ्चालक विजया धितालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेलले गरेका थिए। 

सहकारीमार्फत विपन्न वर्गको उत्थान गर्ने तथा स्थानीय आर्थिक गतिविधि बढाउन उद्यमशीलता बढाउनमा आरएसडीसी लघुवित्तको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ।