काठमाण्डौ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून रहने र गण्डकी प्रदेशको सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। संशोधित अनुमानअनुसार गत आर्थिक वर्षमा पनि गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कम १.४४ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेशको अर्थतन्त्रमा ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार नै तथा निर्माण क्षेत्रको वृद्धिदर नै प्रभावित हुँदा बागमती प्रदेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै घटेको हो।
चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ।
गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपण गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19