काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। 

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय राजपत्रमा बिहीबार प्रकाशित भएसँगै भाडा घटेको हो।

काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा ५.९ प्रतिशतले घटेको छ। अब उपत्यकामा न्यूनतम भाडा १९ रुपैयाँ हुनेछ। यसअघि न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्थ्यो। 

यसैगरी उपत्यकाभित्र १० किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट घटेर २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँबाट घटेर ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँबाट घटेर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दूरीमा ४० रुपैयाँबाट घटेर ३८ रुपैयाँ भाडा कायम भएको छ।

काठमाण्डौ उपत्यकाबाहिर प्रदेशभित्रको लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा ४.१८ प्रतिशतले घटाइएको छ। प्रदेशभित्र चल्ने महालवाहक गाडीको भाडा ५.६९ प्रतिशतले घटेको छ।

इन्धनको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।

अब कुन रुटमा कति भाडा ?