काठमाण्डौ । बागमती प्रदेशभित्र सार्वजनिक यातायातको भाडा बढेको छ। 

इन्धनमा मूल्यवृद्धि भएपछि बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको थियो। 

अब काठमाण्डौ उपत्यकाभित्र गुड्न सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म १ रुपैयाँ बढाएर १९ पुर्याइएको छ। यसअघि ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा तिर्नुपथ्र्यो। 

यस्तै १० किलोमिटरसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ। 

यसैगरी ट्याक्सीको भाडा पनि बढेको छ। सुरु फ्याग डाउन ५२ कायम गरिएको छ। प्रति २०० मिटर १०.३४ रुपैयाँ कायम गरिएको छ। 

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाण्डौ–नारायणगढको १४६ किलोमिटरको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। यसअघि यो रुटमा ४२१ रुपैयाँ बस भाडा थियो।

यस्तो छ नयाँ भाडादर