काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर  प्रालिबीच छुट सम्झौता भएको छ। 

कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। 

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिकबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स–रेमा १०%, र औषधी शुल्कमा ५% छुट प्राप्त गर्न सकिनेछ। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।