काठमाण्डौ । प्रदेश २ का बारा र पर्सा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बारा र पर्सामा गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट भने यो खबर पुष्टि हुन बाँकी छ । 

वीरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा रहेका २ जना गरी थप ३ जनामा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ । 

संक्रमण देखिएकाहरु भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेका नेपाली हुन् । 

अस्पताल स्रोतका अनुसार हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाबको पीसीआर परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको छ । यी ३ सहित अब नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यसमध्ये १६ जना उपचारपछि निको भई घर फर्किइसकेका छन् । 

संक्रमितहरुलाई क्वारेन्टाइनबाट आजै नारायणी अस्पताल ल्याउने तयारी भइरहेको छ ।