काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार मत कटाएका छन्।

हालसम्मको मत परिणामअनुसार बालेनले १० हजार २४१ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५ हजार ४५३ मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंह ४ हजार ७४२ मतका साथ तेस्रो स्थानमा छिन्। 

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनकै अग्रता कायमै रहेको छ। 

काठमाण्डौको उपमेयरमा एमालेकी सुनिता डंगोल ९ हजार ४२१ मतका साथ अग्रता कायमै राखेकी छन्। उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ २ हजार ६६४ मतका साथ दोस्रो स्थानमा छन्।