काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन्।
बिहान ११ः२० बजेसम्मको मतगणानाअनुसार बालेनले ५० हजार ४९२ मत प्राप्त गरेका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई फराकिलो मतान्तरले पछि पारेका छन्।
हालसम्म १ लाख ५२ हजार ३०० मत गनिएको छ। जसमध्ये बालेन एक्लैले ३३ प्रतिशत मत पाएका छन्। अब ३८ हजार ७५१ मत गन्न बाँकी छ।
अहिलेसम्म सिर्जना सिंहले ३१ हजार ५३९ मत पाएकी छन्। स्थापितले भने ३० हजार ८९१ मतका साथ तेस्रो स्थानमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19