काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्।

मंगलबार बिहानसम्मको मत परिणामअनुसार बालेन आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ४४५७ मतले अगाडि छन्। बालेनले ९६१४ मत पाएका छन् भने स्थापितले ५१५७ मतमात्र पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ४४७७ मत पाएकी छन्।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ।

मतगणना सकिएका वडा नम्बर १ र २ मा बालेनले क्रमशः ७८३ र १२२० मत पाएका छन्। यी दुई वडामा स्थापितले ३६५ र ७२८ मत पाएका छन् भने सिंहले ४५१ र ४९७ मत ल्याएकी छिन्। 

मतगणना जारी रहेका ३, ४, ५, ६, ३१ र ३२ वडामा अहिलेसम्म बालेनले क्रमशः १५६६, १८२६, ८२२, ३६९, ९५१ र २०७७ मत ल्याएका छन्।