काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्। 

दिउँसो १ः३० बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले २८२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १५०७ मत मात्र प्राप्त गरेका छन्।

यो हिसाबले बालेनले स्थापितको भन्दा १३१३ मत बढी प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १४४९ मतका तेस्रो स्थानमा छिन्। 

अहिलेसम्म काठमाण्डौ महानगरको ६ हजार मत गणना भएको छ।

यसैबीच काठमाण्डौमा मतगणनाका लागि ६ वटा टोली खटिएको छ। बिहानसम्म ५ वटा टोलीले मतगणना गरिरहेकामा कार्यालय समय सुरु भएपछि एउटा टोली थप गरिएको हो। 

नयाँ टोलीले काठमाण्डौ महानगरको वडा नम्बर ३१ को मतगणना सुरु गरेको छ। अहिलेसम्म काठमाण्डौ महानगरपालिकामा एउटा पनि वडाको अन्तिम मतपरिणाम आइसकेको छैन।

वडा नम्बर  १, २, ३, ४ र ३२ को गणना भइरहेको थियो।