काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितलाई फराकिलो मतान्तरले पछि पारेर अग्रता कायमै राखेका छन्।

हालसम्मको मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेनले ५ हजार ४०० मत ल्याएका छन्। उनले निकटतम प्रतिस्पर्धी स्थापितभन्दा २ हजार ५०० मत धेरै ल्याएका हुन्।

स्थापित २ हजार ९०० मतका दोस्रो स्थानमा छन्। 

सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठ तेस्रो स्थानमा छिन्। उनले २ हजार ५१५ मत पाएकी छन्।