काठमाण्डौ । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरलाई भेटी निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीले गभर्नरलाई उद्योग–व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको उधारो असूूूलीमा असहज स्थिति सृजना भएको कुरा गभर्नर समक्ष गुुनासो पोखे । यस्तो स्थितिलाई समाधान गर्न उधारो असूूली सम्बन्धीकानूूनकोे व्यवस्था गरिन आवश्यक रहेको समेत अध्यक्ष मोरले बताए ।

हाल विद्युत् उत्पादन क्षेत्रलाई प्राथमिकताप्राप्त कर्जाको क्षेत्रमा राखिएकोमा विद्युतको खपत कम गर्ने कार्यलाई समेत प्राथमिकताप्राप्त कर्जाको क्षेत्रमा राखी प्राथमिक क्षेत्रको कर्जाको गणना गर्नको लागि जलविद्युत उत्पादनसरह गणना गरिनुपर्ने राय दिए ।

रुग्ण भइरहेका र हुन सक्ने उद्योगहरुलाई कर्जा भुक्तानीको लागि पुनःतालिकाका साथै पुुनः तालिका गर्दा बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने जोखिम व्यवस्थालाई पुर्नविचार गरी कम गरिनु आवश्यक र बैँकको व्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न अनुरोधसमेत गरेका थिए ।यसका  साथै उद्योग–व्यववसायीलाई व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समय–समयमा विदेश यात्रा गर्नुपर्ने तर राहदानीको आधारमा दिइने हालको सटही सुविधा अत्यन्त कम भएकोले यस्तो सटहीको सुविधा वृद्धि गरिनु वान्छनीय हुने कुरा अध्यक्ष मोरले जोड दिए ।

नयाँ स्थापित कतिपय उद्योगहरुको गेस्टेशन अवधि लामो हुने हुँदा त्यस्ता उद्योगहरुलाई कम्तीमा ५ वर्षसम्म वाच लिष्टमा समावेश गरिनु नहुने माग उक्त अवसर मोरले जोड दिए ।
उक्त अवसरमा गभर्नर डा. चिरञ्जीवी नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशीमुद्रा सटहीमा समस्या नपर्ने गरी निजहरुको कारोबारको आधार र नेपाली वस्तुको बाह्य मुलुकमा व्यापार प्रवद्र्धन एवं प्रचार–प्रसार आदिको लागि सटही सुविधा दिने व्यवस्थासहितको व्यवस्थाको लागि राष्ट्र बैँकबाट नीतिगत व्यवस्था गर्ने उद्देश्यबाट काम थालनी गरिएको जानकारी उक्त अवसरमा गभर्नर नेपालले जानकारी दिए ।