काठमाण्डौ । सर्किट ब्रेकर लागेर स्थगित भएको कारोबार सुचारु भएपछि केही समय सुधारको पथमा लम्किएको बजार फेरि घट्न थालेको छ । १५७८ अंकमा झरेको बजार सु्धार भएर १६३१ मा पुगे पनि घट्ने क्रम फेरि सुरु भएको हो । 

कारोबार बन्द हुन १८ मिनेट बाँकी रहँदा नेप्से परिसूचक घटेर १६०४ मा आइपुुगेको छ। बजारमा सेयर बिक्री चाप उच्च रहँदा यस्तो अवस्था देखिएको हो । 

.......................................................................................

काठमाण्डौ । आइतबार बजार खुलेको डेढघण्टामै बजार परिसूचक ४ प्रतिशत बढीले घटेपछि सर्किट ब्रेक लगाएर आधाघण्टाका लागि बन्द भएको बजार फेरि खुले पनि घट्ने क्रम भने अझै रोकिएको छैन । 

२ बजेर १४ मिनेट जाँदासम्म बजारमा ९६ करोड २५ लाखको कारोबार भएको छ । तर बजारमा सेयर खरीद भन्दा बिक्रीको चाप अत्यधिक भएकोले यस्तो भएको हो । 

कारोबार स्थगनपछि खुलेको बजारमा २० मिनेटसम्म गिरावटको टेण्ड देखिए पनि त्यसपछि बिस्तारै घट्ने क्रम रोकिएको हो । १५७८ अंकमा झरेर सर्किट ब्रेक लागेको बजार अहिले १६३१ अंकमा उक्लिसकेको छ। यो समाचार तयार पार्दासम्म २७.०८ अंकको गिरावट देखिएकोछ। 

अधिकांश राम्रा कम्पनीहरुको सेयर मूल्य घटेको छ । केही साना र निश्चित कम्पनीको सेयर मूल्य मात्र सामान्य बढेको छ । बजार डरलाग्दो ढंगले दुर्घटनामा पर्ने डरले लगानीकर्ता अत्तालिएका छन् । 

आज पनि एभरेष्ट बैंकको सेयर धेरै कारोबार भइरहेकोछ। १५ करोड ५८ लाखको सेयर एभरेष्ट बैंकको मात्र कारोबार भएकोछ । नेशनल लाइफ र शिखर इन्स्योरेन्सको सेयरले पनि उच्च कारोबार गरिरहेका छन् ।