काठमाण्डौ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ।
उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस छुटअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्नेछन्। स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिग मार्टका सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै स्मार्ट क्यूआर र नेपाल पे क्यूआरको अन्तरआबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्यूआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्नेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19