काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवका अवसरमा स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १५० सम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्।
यो योजना असार १६ गतेदेखि साउन १५ गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले रु. ५०० सम्म छुट लिन सक्नेछन्।
स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (एचआई–एमबी), एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास, पेवेल, यान क्यासका साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्नेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19