नेपालमा बेरोजगारी समस्या निकै चर्को छ । अझ त्यसमाथि शिक्षित बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सरकारले बेरोजगार समस्या समाधान गर्न केही कदम अगाडि बढाए पनि पर्याप्त छैन । 

हरेक वर्ष ठूलो संख्यामा शैक्षिक जनशक्ति उत्पादन भए पनि तिनलाई उचित रोजगारको अवस्था सिर्जना गर्न नसक्दा दिनहुँ सयौँ दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने अवस्था छ । मुलुकमा रोजगार सिर्जना गर्ने क्षेत्रको कमीले पनि यस्तो अवस्था आएको विज्ञहरु बताउँछन् । 

त्यसो त सरकारी तथा गैरसरकारी निकायले बर्सेनि ठूलो संख्यामा कामदारका लागि रोजगारी सिर्जना गर्दै आएका छन् । ती निकायमा प्रतिस्पर्धा गर्न लाखौँ युवापुस्ता परीक्षाको मैदानमा उत्रिन्छन् । कोही एकैपटकमा सफल हुन्छन् त कोही दसौँपटक परीक्षा दिँदा पनि असफल हुन्छन् । आखिर किन ?

सायद पर्याप्त अध्ययन र अभ्यास नपुगेको हुन सक्छ वा भनौँ लेख्ने तरिकामा सुधार नपुगेको हुन सक्छ । 

यिनै समस्याको समाधान तथा प्रतिस्पर्धीहरुका लागि अभ्यासशील गराउन बिजशालाले यो नयाँ सेगमेन्ट आजदेखि आम पाठकमाझ सुरुआत गरेको छ । 

विशेषगरी यो सेगमेन्टमा हामीले लोकसेवा आयोगले लिने सरकारी तथा अर्धसरकारी निकायमा पदपूर्तिका लागि लिने सबै किसिमका परीक्षामा सहयोगी सिद्ध हुने हामीले विश्वास लिएका छौँ । यो सेगमेन्टमा तपाइँहरुबाट रचनात्मक सुझाव र सल्लाह प्राप्त हुने पनि हामीलाई विश्वास छ । लेखक तिलाचन सापकोटा यो सेगमेन्टका लागि प्रत्येक हप्ता हामीसँग सहकार्यमा हुनुहुनेछ ।–सम्पादक

आजको सेगमेन्ट यस्तो छ :