-भक्तराज रसाइली
काठमाण्डौ । सत्र वर्षअघि दोस्रो बजारमार्फत खरिद गरेको नेपाल बैंक लिमिटेडको ७ सय कित्ता सेयर पाउन बञ्चित धरानका मनिसकुमार लोहियाले न्याय पाएका छन् ।

नेपाल बैंक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीले नेपाल बैंकको सेयर मनिसकुमार लोहियाका नाउँमा नामसारी गरिदिन सेयर रजिष्टार सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पत्राचार गरिएको जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडकी रेशा केसीले पनि मनिस लोहियाको नाममा नेपाल बैंक लिमिटेडको सेयर नामसारी भएको जानकारी दिइन् । 

नेपाल बैंक लिमिटेडको कम्पनी रजिष्टारका रुपमा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडका मर्चेण्ट बैकिङ विभागीय प्रमुख  बिनोद आचार्यका अनुसार नेपाल बैंकको निर्णय आइसकेको र केही दिनभित्र लोहियाका नाममा सेयर नामसारी भई दाखिला हुने बताए । बिजशालाले निरन्तर समाचार फलोअप गरेपछि सम्बन्धित सरोकारवालाले न्याय दिन बाध्य भएको उनको भनाइ छ ।

मनिसकुमार लोहियाले १७ वर्षसम्मको अथक प्रयास र चौथोपटक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा निवेदनको प्रयासका बाबजूद न्याय पाउन सकेका हुन् ।

यो बीचमा उनले आफूले खरिद गरेको सेयर ब्रोकरले आफ्नो नाममा नामसारी नगरिदिएको गुनासो लिएर सप्रमाण धेरै निकाय धाए । 

पीडित सेयर लगानीकर्ता लोहियाले आफूले खरिद गरेको सेयर आफ्नो नाममा नामसारी गरिदिन बिजशालासमक्ष गुनासो पोखेका थिए । बिजशालाले यो विषयमा निरन्तर फलोअप गरेको थियो । 

सम्बन्धित समाचारहरु: