nepal electricity authority
काठमाण्डौ । ऊर्जा मन्त्रालयको नेतृत्वमा माओवादी केन्द्रका प्रभावशाली व्यक्ति जनार्दन शर्माले नेतृत्व गरे लगत्तै वाधा अवरोध गर्दै आएका नेपाली काँग्रेस निकटका कर्मचारी संघले पछिल्लो पटक विद्युत् चोर जोगाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समक्ष हार गुहार गरेको छ।
बिजुली चोरीको अभियोगमा काँग्रेस निकटको कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष नै पक्राउ परेपछि उसलाई जोगाउन सभापति देउवाको हार गुहार गरिएको हो ।
पक्राउ परेका अधिकाश कर्मचारीमा काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी रहेका छन् । त्यसमा अधिकाशं काँग्रेस र नेकपा(एमाले) निटकका कर्मचारी परेका कारण उनीहहरुलाई जसरी भएपनि जोगाउने खेलमा हार गुहार सुरु गरिएको हो ।
बालाजु वितरण केन्द्रका सुपरभाइजर रहेका शैलेन्द्र श्रेष्ठ काँग्रेस निकट कर्मचारी संघका कोषाध्यक्ष हुन् । विद्युत् चोरीमा संलग्न रहेका कर्मचारीलाई प्रहरीले चोरी र ठगी मुद्दामा हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दबाव दिएर अनुसन्धान प्रभावित पार्ने प्रपञ्च समेत भएको छ । सभापति देउवालाई भेटेर चोर कर्मचारी जोगाउन संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला लम्साल ढुंगानालगायतका काँग्रसी कर्मचारी देउवा निबास बुढानिलकण्ठमा नै धर्नामा बसेको समाचार छ ।
देउवाले चोरलाई जोगाउन नसकिने बरु ती कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन समेत धर्नामा बसेका कर्मचारीलाई निर्देशन दिएको बताइन्छ । चोर कर्मचारी जोगाउने मनसायका साथ काँग्रेस निकट कर्मचारी संघले गत मंगलबार एक विज्ञप्ति नै प्रकाशित गरी सरुवा भएका कर्मचारीले रमाना पत्र नबुझ्न फरमान जारी गरेको थियो । जनार्दन भट्टराईले हस्ताक्षर गरेको उक्त विज्ञप्तिको भाषा समेत काइते रहेको छ । उनले कर्मचारीको आधिकारिक यूनियनको निर्वाचन भाड्ने मनसायका साथ आफ्ना कर्मचारीको मात्र सरुवा गरिएको बताएका छन् । जवकी नेपाल विद्युत् प्राधिकरणको विनियम अनुसार प्रत्येक दुई वर्षमा हरेक साउन र माघ महिनामा कर्मचारीको सरुवा गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार कर्मचारीको सरुवा गरिएको हो ।
गैरकानुनी रुपमा कोही कसैलाई पनि सरुवा गरिएको छैन । तर विद्युत् चोरीमा संलग्न रहेको भट्टराईलगायतका गिरोहले सभापति देउवालाई नै दबाव दिएर गैरराजनीतिक हर्कत गरेको छ । जनार्दन भट्टराईले प्राधिकरणको स्वकीकृति नै नलिइ ललितपुरमा एक ट्रान्सफर्मर मर्मत केन्द्र खोलेका छन् । प्राधिकरणको काम भन्दा बढ्ता अरु नै गतिविधिमा संलग्न रहने उनको क्षमता रहेको छ ।
प्राधिकरणलाई टाट पल्टाउने, कर्मचारीको सरुवा बढुवामा उठती धन्दा चलाउने उनको विशेष योग्यता रहेको भन्दै कर्मचारी संगठन बाटै विरोध हुने गरेको छ । प्राधिकरणलाई उठ्नै नसक्ने गरी घाटामा लैजान जनार्दन भट्टराई जस्ता व्यक्तिको विशेष हात रहेको छ । प्राधिकरणलाई टाट पल्टाउने उनको विशेष योग्यतालाई लिएर उनी माथि नै कारवाही हुनुपर्ने माग समेत बेला बखतमा उठ्ने गरेको छ ।
प्राधिकरणका विभिन्न वितरण केन्द्रमा आफ्ना मान्छे सेटिङ गरेर कमाउ धन्दा चलाउने, प्राधिकरणको महत्वपूर्ण कागजात भारतीय दूतावासदेखि निजी विद्युत् उत्पादकहरु कहाँ पु¥याउने उनको क्षमता रहेको पाइएको छ । कर्मचारी भएर कुनै पनि राजनीतिक दलसँग विशेष सम्बन्ध राख्न नहुने प्राधिकरणको नीति विपरित भट्टराई काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका व्यक्ति हुन् ।
उनलाई पटक पटक सच्चिन प्राधिकरणले मौका समेत दिएको छ । तर उनको गैरकानुनी गतिविधि हाल पनि जारी रहेको छ । यस्तै सहअध्यक्ष रहेकी प्रमिला ढुङ्गाना चुरोटको बट्टामा निवेदन दिएर प्राधिकरणको जागिर खाएकी व्यक्ति हुन् । उनले प्राधिकरणलाई पनि हानी पु¥याउने भन्दा अरु कुनै पनि काम आज सम्म नगरेको उनकै सहकर्मीहरु बताउँछन् । उनका पति एमाले अध्यक्ष खड्ग ओलीका कार्यकर्ता हुन् । तर उनी काँग्रेस बनेर प्राधिकरणलाई खुलमखुल्ला लुट खसोटको धन्दा चलाउने गरेको बताइन्छ । कमसल सामान आयात गर्ने उनको विशेष क्षमता रहेको छ । प्राधिकरणले उनीमाथि पनि कारवाही गर्ने तयारी गरेको छ । भण्डार शाखामा काम गर्ने प्रमिला तेस्रो तहकी कर्मचारी हुन् । उनको कुनै पनि क्षमता र योग्यता भन्दा पनि प्राधिकरणको सामान चोरी गर्ने र सोही सामान आफूले ल्याएको भन्दै पुनः प्राधिकरणलाई नै भिराउने रहेको छ । प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई फेसबुकमा जथाभावी लेखेको भन्दै काँग्रेस निटककै कर्मचारीले उनीमाथि कारवाहीको माग गर्दै आएका छन् ।
एमाले अध्यक्ष खड्ग ओलीको कार्यकर्ता रहेका उनका पति ठेकेदारीमा संलग्न छन् । प्राधिकरणको सामान चोरेकै भरमा प्रमिलाले भक्तपुरमा चार तल्लाको घर बनाएकी छिन् । पुरुष कर्मचारीलाई जालमा पारेर नयाँ आएका कर्मचारीलाई सरुवा गरिदिने, बढुवा दिलाइदिने भन्दै मान मर्दन गराउने विशेष योग्यता उनको रहेको बताइन्छ ।
विद्युत् चोरीमा समेत विशेष क्षमता रहेको बताइन्छ । कर्मचारीको सरुवा बढुवामा सेटिङ मिलाएर मोटो रकम असुल्ने, पौसा नदिए मुद्दा मामिला गरेर फसाउने प्रमिलाको विशेष योग्यताका विषयमा महानगरिय प्रहरीमा समेत उजुरी परेको छ । उनको चल अचल सम्पत्तिको विषयमा समेत प्रहरीले छानबिन मात्रै गरेको छैन, अख्तियारमा समेत मुद्दा परेको छ । यस्तै जनार्दन भट्टराई विरुद्ध समेत अख्तियारमा मुद्दा परेको छ ।
यस्तै एमाले निकट कर्मचारी संघका अध्यक्ष रामेश्वर पौडेलले पनि प्राधिकरणकबाट चोरेको सामान बिक्री गरेर स्वयम्भुमा पाँच तले घर बनाएका छन् । प्राधिकरणको काम भन्दा बढ्ता एमालेको राजनीति गर्ने पौडेल विरुद्ध पनि अख्तियार र महानगरिय प्रहरीमा उजुरी परेको छ । यस्तै एमाले निकट कर्मचारी यूनियनका पूर्व अध्यक्ष रामप्रसाद रिमालले परीक्षा समितिका अधिकारीलाई ज्यान मार्ने धम्कि दिएर उनकै छोरालाई आठौ तहको जागिर खुवाएका छन् । पछिल्लो पटक प्राधिकरण सुधार अभियानमा अवरोध गर्नु नै उनको विशेष योग्यता देखिएको छ । आयोजना प्रमुखसँग पैसा उठाउनु, कर्मचारी सरुवामा सेटिङ मिलाउनु, प्राधिकरणको सूचना बेच्नु र खड्ग ओलीको राजनीति गर्नु नै रिमालको विशेष क्षमता रहेको एमाले कर्मचारी यूनियनका नेताहरुबीच नै चर्चा परिचर्चा चल्ने गरेको छ । प्राधिकरण सुधारको कार्ययोजना अगाडि बढेपछि प्राधिकरणमा कार्यरत एमाले, काग्रेस निकटका कर्मचारीको आधिकारिक यूनियनको निर्वाचनमा जमानत नै जफथ हुने भएपछि उनीहरु जसरी हुन्छ प्राधिकरणमा भाडभैलो मच्चाउने र कमाउ धन्दालाई संस्थागत गराउने योजनामा लागेका छन् ।
मुखले आधिकारिक यूनियनको निर्वाचन गर्ने भनेपनि उनीहरु निर्वाचन भाड्न लागिपरेको बताइन्छ । सरुवा भएका कर्मचारीलाई रमाना नबुझ्नु भन्दै फरमान जारी गर्नुको पछाडि उनीहरुको नियत प्रष्ट भएको देखिन्छ । विद्युत् चोरीमा काँग्रेस र एमाले निकट कर्मचारी यूनियनका पदाधिकारीको प्रत्यक्ष हात रहेको देखिन्छ । प्रहरीको अनुसन्धानमा रहेका चोरी कार्यमा संलग्नहरुले दिएको बयानमा समेत यूनियनका अधिकारी निर्देशनमा नै चोरी गरेको उनीहरुले बताएका छन् । चोरीबाट प्राप्त हुने रकम कर्मचारी संघ, यूनियनका पदाधिकारीले बाडेर लिने गरेका छन् । पछिल्लो पटक दुई हजार पाँच सय कर्मचारी सरुवा भएपछि चोरीको संयन्त्र भत्किएको छ । चोरीको संयन्त्रलाई पुनः स्थापित गर्न उनीहरु ज्यान छाडेर लागेको बताइन्छ ।
यस्तै विद्युत् चोरीमा नवौ तहका इन्जिनियरहरुको समेत हात रहेको अध्ययनबाट पत्ता लागेको छ । नवौ तहका ३६ जना इन्जिनियर माथि छानबिन भइरहेको बताइन्छ । यस्तै आठौ र सातौ तहका कर्मचारी समेत चोरीमा संलग्न रहेको बताइन्छ । उनीहरुको प्रहरी, प्राधिकरणका अधिकारी सम्मिलित टोलीले सुक्षम अध्ययन गरिरहेको छ । एकाध दिन भित्रै उनीहरु पक्राउ पर्ने बताइन्छ । ठूलो गिरोह नै चोरीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई जसरी भएपनि कारवाही गर्नुपर्ने भन्दै प्राधिकरण व्यवस्थापनलाई दबाव आउन थालेको छ । प्रहरी हिरासतमा रहेका कर्मचारी विरुद्ध प्रहरीले आफै पनि मुद्दा चलाउने नै छ भने अख्तियारलाई समेत आवश्यक छानबिनका लागि पत्राचार भइसकेको छ ।
चोरीबाट अकुत सम्पत्ति कमाएको सम्पत्ति समेत छानबिन गरेर उनीहरुमाथि थप अनुसन्धान गरिने भएको छ । सामान्य कर्मचारीको अस्वाभाविक सम्पत्ति फेला परेपछि प्रहरीले थप छानबिनका लागि अख्तियारलाई समेत आग्रह गरेको बताइन्छ । राजनीतिक नेतृत्वको दबावमा प्रहरीले चलाएको मुद्दा कमजोर बनाउने प्रपञ्च सुरु भएपनि अख्तियारलाई समेत आग्रह गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।
एक सय जना चोरीमा संलग्न कर्मचारीलाई कारवाहीको दायरामा ल्याएपछि मात्रै प्राधिकरण सुधार कार्ययोजनाले मूर्तता पाउने बताइन्छ । उनीहरुमाथि नियमित निगरानी भइरहेको छ । यथेस्ट प्रमाण फेला पर्ने वित्तिकै कारवाही हुने बताइन्छ । प्रहरीले प्राविधिक विषय पत्ता नलगाउने भएकाले प्राधिकरणकै इन्जिनियरको सहयोगमा उनीहरुमाथि निगरानी बढाइएको हो । यो खबर आजको जनआह्वान साप्ताहिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago