काठमाण्डौ । बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट हालसम्मकै उच्च कोरोना संक्रमणको मामिला देखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट १ लाख ८३ हजार मानिस संक्रमित भएका छन्। यो एक दिनमै यति धेरै संख्यामा संक्रमणको मामिला देखिएको पहिलोपटक हो। 

विश्वतमा पछिल्लो २४ घन्टामा देखिएको कुल संक्रमणको मामिलामध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी र दक्षिण अमेरिकाका मात्र छन्। यति धेरै संक्रमणको मामिला यस्तो बेला देखिएको छ, जति बेला विश्वका थुप्रै देशले लकडाउन खुकुलो पार्दै लगेका छन्। 

कोरोनाबाट अहिले पनि अमेरिका उच्च प्रभावित छ। त्यहाँ हालसम्म २२ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

त्यस्तै ब्राजिल अतिप्रभावित देशको सूचीमा दोस्रो स्थानमा छ। त्यहाँ हालसम्म ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

विश्वभर भने कोरोनाबाट हालसम्म ८९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमधये ४ लाख ६७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। – एजेन्सी