काठमाण्डौ । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउन भौतिक रुपमा उपस्थित भइरहनुपर्ने छैन । ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनै पनि माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । 

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिने गरी व्यवस्था गरेका हौं’ बिधी ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकम भुक्तानी गर्दा  सेवाग्राहीले थप २०० क्यासब्याक पाउने छन ।’

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए । 

विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यमबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययनअनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहनसक्छ । पैसामा तीनहजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यमबाट कोरोना भाइरस समेत सर्नसक्ने बारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यमबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकम भुक्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन् भने स्वाब समेत विध ल्यावले संकलन गरेमा ४३०० तिरे पुग्नेछ । ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । 

यस ल्याबले एक दिनमा ४२ सयजनाको कोभिड परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । 

बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो ।