काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। 

संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

सीडीएससीको तथ्यांकअनुसार आज बिहान ७ बजेसम्म यो आईपीओमा १३ लाख २९ हजार २२३ आवेदकबाट १ करोड ४६ लाख १० हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १८०.४८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।