-भक्तराज रसाइली
काठमाण्डौ । निकै लामो समयपछि नेप्से परिसूचकले १३५० विन्दूूको खड्गो आज आइतबार पार गरेको छ । 

बैंकिङ उपसमूूहमा चमक नआए पनि माइक्रो र इन्स्योरेन्स सेक्टरको सेयरमूूल्य भने निरन्तर बढ्दै गइरहेको छ । 

ब्रोकरहाउसमा अब बजार के हुने र कुुन सेक्टर चम्किने भन्ने अन्यौल रहे पनि बजार भने सकारात्मक लयमा जाँदैछ । नेप्से परिसूूचक बढ्ने लहर चलेसँगै र माइक्रो र इन्स्योरेन्सबाट लगानीकर्ताहरु मालामाल बनेपछि ब्रोकरहाउसमा नयाँ लगानीकर्ता आउने क्रम चल्दै गइरहेको छ भने ब्रोकरहाउसमा बस्ने ठाउँ नभएर उभिएरै मार्केट डिस्प्ले हेरेका दृश्य समेत अब सामान्य बन्दै गएका छन् ।

नयाँ जोश, उभार र उमंगले बसन्त छाएका यिनै ब्रोकर हाउसहरुमा ग्राउण्ड जीरोको रिपोर्टिङको क्रममा साताको सेयर कारोबारको पहिलो दिन आज आइतबार हामी अनामनगरमा रहेका विभिन्न ५ ब्रोकर कम्मनीहरु पुग्यौ । 

कारोबारको पहिलो प्रहर हामी अनामनगर मोडमा रहेको ब्रोकर नम्बर ३४, भिजन सेक्युुरिटीजमा पुुग्यौै । बजार बढ्ने क्रम चल्दै थियो । लगानीकर्ताहरुको भीड पनि बाक्लिँदै गयो । बजार बढ्ने चहलपहलसँगै नेप्से इण्डेक्स बढ्ने आशामा लगानीकर्ताहरुको ट्रेडिङ फ्लोर धाउने क्रम पनि बढ्दै थियो । यहीबीचमा एक युवा लगानीकर्ता अगाडि आएर बस्न के आँटेका थिए, पछाडि रहेका एक लगानीकर्ताले ‘सेयर बेच्दै पैसा कमाउँदै गर्नु भा छ नि’ भन्दै बोलेको सुनियो । ‘एचडीएलको बोनस सेयर लिष्टिङ भएपछि पनि मूल्य बढ्यो।’ अर्का एक लगानीकर्ताले भने । ‘बैंक समुूह भने राताको रातै भयो ।’ अर्को लगानीकर्ताको आवाज सुनियो । केही समयपछि एक महिला लगानीकर्ताले भनिन्–‘बजार बढेपछि सेयरमूूल्य पनि बढ्यो । बजार झरे पनि किन्न हुन्थ्यो ।’

यसपछि हामी ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा उक्लियौं । यहाँ पनि बाक्लै उपस्थिति देख्यौं । लगानीकर्ता बस्ने कुर्सीहरु ओगटिएका, कोही उभिएर त कोही भने सेयर अर्डर गर्न भ्याइनभ्याइँ देखिए । ‘एचजीआइ पो किन्नुपर्ला, बैंक बढेन इन्स्योरेन्स किन्नुपर्यो ।’अगाडि बसेका एक लगानीकर्ता हौसिदै भने–‘मलाई इन्स्योरेन्सले नै उभो लगाउँछ जस्तो छ ।’ ‘फेरि कुुदाए रक्सीले(एचडीएल)।’–केही समयपछि एक लगानीकर्ताले आँत्तिदै भने । ‘रक्सी त्यही हो नि कुदाउने १० प्रतिशत सर्किट हान्ने ।’–अर्का लगानीकर्ताले आत्मविश्वासका साथ भने । 

यसै क्रममा अर्का लगानीकर्ताले ‘आरबीसीएल उड्न थाल्यो’ भन्दै चिच्याए । ‘आरबीसीएलले सर्किट नै हान्ने लक्षण देखायो।’पछाडि बसेका एक लगानीकर्ताले जिकिर गरे ।

ग्राउण्ड जीरोकै सिलसिलामा हामी ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीभित्र छिर्यौं । रिसेप्सनमा नयाँ मानिसहरुको भीड अनि डिस्प्ले अगाडि सबै कुुर्सी ओगटिएका । नेप्से परिसूूचक १३५० विन्दू उक्लियो अनि लगानीकर्ताहरुमा एकाएक खुशी छाउँछ । बजार बढ्दो क्रम सेयर अर्डर दिने ठाउँमा बाक्लो भीड अनि हल्लाखल्ली व्यापक । कोही लगानीकर्ता यति बढ्यो उति बढ्यो भन्ने शब्दहरु निरन्तर वर्षा हुन थाले । ‘अब चाहिँ बैंकमा चमक आउला कि।’ एक लगानीकर्ताले आशा राखे । ‘बैंकमा चार्म नआए पनि इन्स्योरेन्स र माइक्रो नघट्ला।’–अर्का लगानीकर्ताले दाबी गरे । 

‘बुुल चाहिँ आयो अब बल्ल बैंक बढ्छ । खतिवडा निस्किदैछन् मार्केट निकै माथि जान्छ ।’ पछाडि बसेका एक लगानीकर्ताले जिकिर गरे ।  

मार्केट बढ्दै थियो, अनि अर्डर गर्ने  लगानीकर्ताको दौडधूूप पनि । केही समयमा एक लगानीकर्ता भन्छन्–‘६० (१३६० ) कटेपछि १४८० रे नि त ! १३६० कटेपछि सबैले ताली बजाउनुपर्छ है।’उनले अनुुरोधसमेत गर्न भ्याए । 

‘बुल त आयो आयो ।’ एक लगानीकर्ताले भने–‘पैसा छ भने किने हुुन्छ, अब बजार १४८० हो ।’

‘आरएचपीएल(रसुवागढी हाइड्रोपावर)र साञ्जेन अनि बैंंक काम नलाग्ने भए।’–एक लगानीकर्ताले निन्याउरो हुँदै भने । बैंक र हाइड्रोमा चमक नआउँदा ती सेक्टरका लगानीकर्ता हिजोआज निराश बनिरहेका भेटिन्छन् । 

हामी ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्युुरिटीज पुुग्छौं । बस्ने कुुर्सीको अभावमा यहाँ पनि लगानीकर्ताहरु उभिरहेका नै भेटिन्थे । आपसमा मात्र सीमित हुने गरी कानेखुसी गर्दै गरेका लगानीकर्ताको स्वर हामी खुट्याउने अवस्थामा थिएनौं । सेयर अर्डर दिने ठाउँ भीड अनि रिसेप्सनमा नयाँ लगानीकर्ताहरुका आगमनको दृष्य भने लोभलाग्दो नै भेट्यौं ।  हामी बसेकै छेउमा रहेका एक लगानीकर्ताले उनको साथीलाई सानो स्वरमा भने–‘फरवार्ड लघुवित्त मन लाग्दै थियो, तर किनिएन ।’

फरवार्डको सेयरमूल्य आज १५०० नाघेर कारोबार भइरहँदा उनलाई त्यो कम्पनीको सेयरको लोभ पलाएको हामीले बुुझ्यौँ । ‘एनटीसीको भाउ बढाउन खोजिरहेका छन् ।’त्यहाँ उपस्थित अर्का लगानीकर्ताले भने ।

हामी हनुुमानस्थान नजिकै रहेको ब्रोकर नम्बर ४६ अर्थात् कालिका सेक्युरिटीजमा उक्लँदा बजारको बुलिस प्रवृति कायम नै थियो । ‘प्रफिट खाइहालौं भनेर नै मानिसहरु माइक्रो र इन्स्योरेन्स छिरेका हुन्।’–एक लगानीकर्ताले तर्क राखे । 

हुुन पनि इन्स्योरेन्सको पछिल्ला लाभांश प्रस्तावहरु ५–७ प्रतिशत मात्र देखिँदा सर्टटमकै लागि मात्रै थोरै सेयर आपूर्ति भएको इन्स्योरेन्समा लगानीकर्ताले चहलपहल बढाएको ब्रोकरहरु सुुनाउँछन् । 

‘लघुवित्तको पनि हालत यही हो ।’ एक ब्रोकर भन्छन्–‘यसरी हावाहुुरीमा चल्छन् र त दुुर्घटना हुुन्छ, अनि पुुर्पुुरोमा हात लगाउनुुपर्छ ।’

हिजोआज माइक्रो र इन्स्योरेन्स सेक्टरको एकाएक वृद्धि स्वभाविक नभएको स्वयम् ब्रोकरहरु दाबी गर्छन् । बैंकले राम्रो आम्दानी गरी राम्रै लाभांश वितरण गर्दासमेत बैकका सेयरमूूल्यभन्दा डबल ट्रिपल भएकोमा बजार जानकारहरुसमेत चकित छन् ।

सोही ब्रोकरहाउसमा  आएका लगानीकर्ताले होटलको कमाइ पनि हिजोआज नभएको र हाल घाटामै चलाइरहेका कारण लाभांश राम्रो नआउने दाबी समेत गरे । ‘केही छ होला र त इन्स्योरेन्समा बढिरहेको छ।’ अर्का लगानीकर्ताले कौतुहलता राखे । ‘मेरो त बेचे बढ्छ।’–अर्का लगानीकर्ता गुुनासो राख्छन् । ‘कम्पनीका सूचना हामीसम्म कहिले आउँदैन, उही चलायमान बजारमा थोरै झुुक्किएर कहिलेकाहीँ चिठ्ठा पर्छ ।’एक लगानीकर्ताले चिन्ता व्यक्त गरे । 

‘केही नदिने(लाभांश) सिद्धार्थ इन्स्योरेन्ससमेत बढ्यो अचम्म ।’ एक लगानीकर्ताले बोले । 

आजका लागि कारोबार समय बन्दै हुुन लाग्दा अन्तमा एक लगानीकर्ता भन्छन्–‘धैर्य गर्नेले नै त कमाउने हो नि ।’