काठमाण्डौ । अब बिमा कम्पनी र गैरबैंकिङ वित्तीय संस्थाहरुले समेत म्युचुअल फण्ड संचालन गर्न पाउने भएका छन् । 

धितोपत्र बोर्डले सामूहिक लगानीकोषतर्फको पुरानो नियमावलीमा संसोधन गरी यस्तो व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थासँगै अब बिमा कम्पनी तथा विशेष ऐनबाट स्थापित गैरबैकिङ वित्तीय संस्थाहरुले समेत म्युचुअल फण्ड संचालन गर्न पाउने भएका छन् । 

नयाँ व्यवस्था अनुसार अब सर्वसाधारण लगानीकर्तालाई खुलामुखी योजनामा आकर्षित गर्न योजना व्यवस्थापकले इकाई बिक्री गर्दा  कुनै शुल्क लिन नपाउने र इकाई खरीद गर्दा १.५ प्रतिशत शुल्क लिनसक्ने छन् । 

कोष प्रवद्र्धकको शाखा सञ्जालमार्फत खुलामुखी  योजनाको इकाई खरीदबिक्री गर्नसक्ने व्यवस्था समेत भएको बोर्डले जनाएको छ ।