– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो दिन सामान्य अंकले घटेको सेयर बजार दोस्रो दिन सोमबार ४३.१२ अंकले घटेर बजार २६१० मा बन्द भएको छ। आज बजार घटे पनि कारोबार भने अघिल्लो दिनको तुलनामा थोरै बढेको छ।
अघिल्लो साता बजार झन्डै ७१ अंकले गिरावट आएको बजार यो साताको पहिला दुई कारोबारमा पनि सम्हालिन सकेको छैन। अहिले बजार घट्नुमा मुख्य समस्या तरलतामा परेको दबाब नै रहेको बजार जानकार बताउँछन्।
यो साता पनि हामीले सेयर बजारलाई प्राविधिक रुपमा अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत बजारको विश्लेषण गर्ने कोसिस गरेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तर्गत आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। यदि यस्तो क्यान्डल लामो लामो बन्दै जान्छ भने बजार थप घट्ने र छोटाछोटा बन्दै जान्छन् भने बजार बढ्ने गर्छ। गएको साताको अन्तिम कारोबार र सोमबारको क्यान्डल लामा आकृतिको बनेको र आइतबारको क्यान्डलले स्पिनिङ टप बनाएको छ (हेर्नुहोस् गाडा कालो एरो)। बजारले क्रमशः लोअर लो बनाउँदै गएकोले बजार केही समय साइडवेज चल्न सक्ने बुझिन्छ।(हेर्नुहोस् फिक्का कालो एरो)
डाउ थेउरीअन्तर्गत बजारले बुलिस ट्रेन्डमा हाइयर हाई र हाइयर लो बनाउँदै अगाडि बढ्छ भने बियरिस ट्रेन्डमा लोअर हाई र लोअर लो बनाउँदै अगाडि बढ्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८१७ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २७११ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २६२२ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २५३८ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ।
यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २५ जनवरीमा माथिबाट काटेको छ र बियरिस क्रसओभर बनेको छ। जुन अझै भ्यालिड नै रहेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन्। यो आधरमा बजारमा बिक्रीचाप परेको बजार साइडवेजमा चलेको अनुमान लगाउन सकिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ। क्यान्डmहरु रातो मारुबुजु बनेका छन्। अप्पर ब्यान्ड र लोअर ब्यान्डबीचको दूरी बढेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।
यसअन्तर्गत हालको बजारको आरएसआई ३४ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनको नजिक छ र अघिल्लो पल्ट यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २० मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर सोल्ड जोन नजिक रहेकोले केही समय ‘पर्ख र हेर’को अवस्थामा पनि रहन सकिन्छ। कहिले–काहीँ बियरिस बजार ओभर सोल्ड जोनमा लामो समय पनि रहन सक्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २६८८
घटेमा सपोर्ट
निष्कर्ष
बजारका केही अल्पकालीन औजाहरुलाई केलाउँदा बजार साइडवेज चलको बुझिन्छ। क्यान्डलहरु राता र लामा बन्दै जानुले तथा बोलिंगर ब्यान्ड र आरएसआई दुवै घट्दो क्रममा हुन तथा एमएसीडीअन्तर्गत हिस्टोग्रामा बोल्ड र लामा–लामा हुनुले बजार केही समय साइडवेज चल्न सक्ने अनुमान लगाउन सकिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago