काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन्।
प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय स्तरका नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक हस्पिटल पुगेका हुन्। दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादीनिकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन्।
नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए। उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
कडा सुरक्षा घेराबीच अस्पताल पुगेका प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago