बिहान उठेपछि एक लिटर पानी दैनिक पिउने बानी गर्नाले अनेकौं रोगबाट छुट्कारा पाउन सहयोग मिल्छ । मानिसको स्वास्थ्य राम्रो बनाउन पानीको निकै महत्व हुन्छ । बिहान खाली पेटमा पानी पिउनुको महत्व अझ धेरै छ । आयुर्वेददेखि आधुनिक चिकित्सा पद्दतिले खाली पेटमा पानी पिउनु महत्वपूर्ण हुन्छ भन्छन् । बिहान बिछ्यौनाबाट उठेपछि कमसेकम चार गिलास अर्थात् १ लिटर पानी पिउनुपर्छ । यसबाट तपाईंको पाचन प्रणाली दुरुस्त हुन्छ । साथै अन्य रोगबाट पनि बचाउँछ ।

दैनिक बिहान खाली पेटमा पानी पिउने प्रक्रिलाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ । पानी पिउनुभन्दा एक घण्टा अघि या पानी पिएपछि एक घण्टापछि केही खानुहुन्न । ठोस खाद्यपदार्थ त झनै खानुहुन्न । सुरुमा एक लिटर पानी पिउनु गा¥हो लाग्न सक्छ । तर, बिस्तारै यसको बानी पर्नेछ ।

पहिलो दुई गिलास पिउनुहोस् । दुई मिनेट रोकिनुहोस् र त्यसपछि फेरि दुई गिलास पिउनुहोेस् । सुरुमा पानी पिएको दुई घण्टामा दुई या तीनपटक पिसाब लाग्न सक्छ । तर, बिस्तारै यो समस्या पनि हराएर जान्छ ।

जापानमा हरेक बिहान उठेपछि पानी पिउने चलन छ । यसका अलावा वैज्ञानिकहरुले पनि अनुसन्धानबाट पानी स्वास्थ्यका लागि उपयोगी हुन्छ भन्ने प्रमाणित गरिसकेका छन् ।

जापानको मेडिकल सोसाइटीका अनुसार वाटर ट्रिटमेन्टको सहयोगले पूरानो र गम्भीर रोग पनि ठीक गर्न सकिन्छ । यसका अलावा टाउको दुखाई, शरीर दुख्ने, आर्थराइटिस, मुटुको तेज गति, छारे रोग, ब्रोङकाइटिस, दम, टीबी, मेनिन्जाइटिस, मिर्गौला र पिसाबसंग सम्बन्धी रोगलाई पानीकै माध्यमबाट निको पार्न सकिन्छ ।

यतिमात्र नभई बान्ता, ग्यास्ट्रिक, डायरिया, मधुमेह, कब्जियत, आँखाको समस्या, क्यान्सर, महिलाको महिनावारीमा हुने अनियमितता, कान, नाक र घाँटीसम्बन्धी समस्यालाई पनि पानीमार्फत् नियन्त्रण गर्न सकिन्छ ।

वाटर ट्रिटमेन्टका साथ नियमित औषधि सेवन गर्न भने नछाड्नुहोस् । औषधिमा परिवर्तनका बारेमा आफैंले निर्णय गर्नुपूर्व चिकित्सकको सल्लाह लिनुहोस् । गम्भीर रोगका सन्दर्भमा यो विधिलाई सहायकका रुपमा मात्र लिनुहोला ।

तर, सबैभन्दा राम्रो कुरा के भने यो विधिको कुनै साइडइफेक्ट हुँदैंन । धेरैपटक पिसाब लाग्नेबाहेक यसको कुनै असर हुँदैंन । पानी पिउनुलाई नियमित रुटिनमा समावेश गर्नु राम्रो हुन्छ । यसले तपाईंको रोग भगाउनुका साथै फूर्तिलो राख्न पनि सघाउन पु¥याउँछ ।

स्वास्थ्यखबरबाट साभार