काठमाण्डौ । नेपालसंग सिमा जोडिएको बिहारमा कोरोनाभाइरसबाट एकजनाको मृत्यु भएको छ। योसँगै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
भारतीय मिडियाहरुका अनुुसार बिहार राज्यको पटनामा अवस्थित राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युमा कोरेनाको जाँच गरिएकामध्ये दुुई व्यक्तिमा भाइरसको संक्रमण भेटिएको हो। संक्रमण भेटिएका दुुईमध्ये एकको मृत्युु पनि भइसकेको भारतीय मिडियाले जनाएका छन्।
भारतीय स्वास्थ्य विभागका प्रमुुख सञ्जय कुुमारले मृत्युु भएका व्यक्ति यसअघि नै किड्नी फेलियर बिरामी थिए। उनको भइरहेको थियो।
भारतमा अहिलेसम्म ३२९ जनामा कोरोनाको संक्रमण भेटिएको पुुष्टि भइसकेको छ। जसमा पाँचजनाको मृत्युु भइसकेको छ।
भारतमा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेकै बेलामा नेपाल–भारत सीमा क्षेत्रमा भने उच्च सतर्कता अपनाउन थालिएको छ। अहिले भारतमा काम गर्ने सयौँ नेपाली स्वदेश फर्किरहेका छन्। उनीहरुको सीमाहरुमा स्थापित हेल्थ डेस्कमा स्वास्थ्यपरीक्षण गर्ने काम भइरहेको छ।
विश्वमा यो भाइरस १७० भन्दा बढी देशमा फैलिसकेको छ। विश्वभर कोरोनाबाट ३ लाख ५ हजार ४६ जना संक्रमित भइसकेका छन् भने मृत्युु हुुनेको संख्या १३ हजार २९ पुुगिसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago