काठमाण्डौ । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद(इदुल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।

यसअघि विदा दिने या नदिने भन्ने बिषयमा विवाद भएको थियो । तर धर्म निरपेक्ष राज्य घोषणा भइसकेको अवस्थामा मुस्लिमहरुको पवित्र पर्व ईदमा विदा दिनुपर्ने माग भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।