काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.२२ अंकले बढेको छ । नेप्से बढेर १४२३.८३ अंकमा पुुगेको छ भने कारोबार रकम पनि केही बढेको छ ।
यो प्रवृतिकै कारण बजार आगामी दिनमा बढ्छ भन्ने कुराको विश्लेषण एकदिनको बजार कारोबारलाई आधार मानेर मात्र गर्न सकिँदैन ।
बजार परिसूचक र कारोबार रकम बढ्दै जानुुलाई शुुभ संकेतको रुपमा बुझिन्छ । तर यो प्रवृतिकै कारण बजार आगामी दिनमा बढ्छ भन्ने कुराको विश्लेषण एकदिनको बजार कारोबारलाई आधार मानेर मात्र गर्न सकिँदैन । बजारमा सूचक र कारोबार दुवै समान ढंगले बढ्ने प्रवृति केही दिनसम्म देखियो भने चाहि बजारले राम्रो गति लिनसक्छ भन्न सकिने विश्लेषक बताउँछन् ।
मंगलबार पनि यस्तै प्रवृति देखिएको थियो । तर, बुधबार भने बजारमा दोहोरो अंकको पहिरो गएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार व्यापापिरक, होटल र विकास बैंक समूहको सूचक घटेका छन् भने बाँकी सबै समूहको सूचक बढेको छ ।
बैकिङ समूह ६.३५ अंकले बढेको छ भने बिमा समूह १८.२७ अंक, जलविद्युत समूह ४.१३, बित्त समूह १.८७, उत्पादनमूलक ११.१८, माइक्रोफाइनान्स समूह ८.२८ र अन्य समूह १५.९१ अंकले बढेका छन् ।
व्यापारिक समूह २.८७, होटल समूह ६.६४ र विकास बैंक समूह ७.४१ अंकले घटेका छन् ।
‘क’ वर्गका कम्पनीको सेयर खरिदारी बढेपछि सेन्सेटिभ इण्डेक्स १.५९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३५ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका १३ लाख ४९ हजार ७ सय २९ कित्ता सेयर ५३ करोड ५० लाख ९२ हजार २ सय १८ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको १२ करोड १६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभू बैंकले ५ करोड ६१ लख बढीको कारोबार गर्यो भने राष्ट्रिय बिमा कम्पनी लिमीटेडको २ करोड ८५ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४९ लाख, सानिमा माई हाइड्रोले २ करोड २३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ९६ लाख बढीको कारोबार गर्यो । प्रभूू बैंकको १ करोड १९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ८ लाख र एभरेष्ट बैंकले ९५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । अपी पावर कम्पनीको मूल्यमा ५.३८ प्रतितको बढोत्तरी भयो ।
यो दिन एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर मूल्यमा पहिरो गयो । संस्थापक सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति गुमाउन पुुगे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19