काठमाण्डौ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आई केही घण्टा नियमित कारोबार अवरुद्ध बन्न पुगेको बिहीबारको कारोबारको राफसाफ तत्काल नहुने भएको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमीटेडले सोमबार एक सूचना प्रकाशित गरी भदौ २५ गतेको कारोबार राफसाफको कार्य स्थगन भएको प्रष्ट पारेको हो । 

नेप्सेले टिएमएसमा समस्या आएको सो दिनको कारोबार राफसाफ कार्य पोस्टपोण्ड गर्न भनेपछि सिडिएसले यस्तो सूचना जारी गरिएको प्रष्ट्याएको छ । 

बिहीबारको कारोबारको राफसाफ तथा फछ्र्यौट आज हुनुपथ्र्यो । तर, अब अर्को सूचना जारी नभएसम्मका लागि सो दिनको राफसाफ हुने छैन ।