काठमाण्डौ । सरकारले भोलि देशभर बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले भोलि बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा बिदा दिने निर्णय गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। 

मन्त्रालयले  ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक ससंघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।