काठमाण्डौ । बजार घट्दा बिहीबार टप १० ब्रोकरहरुमा ७ वटाको खरिद प्रेसर देखिएको छ भने ३ वटाको  बिक्री दबाब देखिएको छ।

बिहीबारको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)को बिक्री बढी देखिन्छ। नासाको ३३ करोड ६७ लाख रुपैयाँबराबरको बिक्री देखिएको छ भने ३३ कारोड ३१ लाख रुपैयाँको खरिद देखिएको छ। 

यसैगरी दोस्रोमा अनलाइन सेक्युरिटिज स्टक (ब्रोकर नं. ४९)को खरिद बढी रहेको छ। यो ब्रोकरले २७ करोड ८३ लाख रुपैयाँको खरिद तथा २६  करोड ९ लाख रुपैयाँबराबरको बिक्री रहेको छ। 

तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५)को पनि खरिद बढी रहेको छ। यो ब्रोकरको २६  करोड ९८ लाख रुपैयाँबराबर खरिद र २४ करोड ४२ लाख रुपैयाँबराबरको बिक्री रहेको छ। 

त्यसैगरी चौथोमा भिजन भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)को खरिद बढी रहेको छ। यो ब्रोकरले २८ करोड २० लाख रुपैयाँबराबरको खरिद गरेको छ भने बिक्रीतर्फ २२ करोड ४४ लाख रुपैयाँबराबरको गरेको छ। 

पाँचौँमा दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) को पनि खरिद बढी रहेको छ। यो ब्रोकरले २६ करोड ९८  लाख रुपैयाँको खरिद छ भने १६ करोड १८ लाख रुपैयाँको बिक्री गरेको छ। 

त्यसैगरी छैटौँमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) पनि खरिद बढी रहेको छ। यो ब्रोकरको १९ करोड ४ लाख रुपैयाँबराबरको खरिद तथा १८ करोड ९१ लाख रुपैयाँबराबरको बिक्री देखिएको छ। 

सातौँमा डाइनमिक मनी म्यानेजर (स्टक ब्रोकर नं. ४४)को खरिद बढी रहेको छ। यो ब्रोकरको खरिदतर्फ १९ करोड ४४ लाख रुपैयाँ तथा बिक्रीतर्फ १७ करोड ८८ लाख रुपैयाँ रहेको छ। 

त्यसैगरी आठौँमा दीपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८)को बिक्री बढी रहेको छ। यो ब्रोकरको  खरिदतर्फ १३ करोड ८८ लाख रुपैयाँ तथा बिक्रीतर्फ २२ करोड ८९ लाख रहेको छ। 

नवौँमा आर्यतार इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)को पनि बिक्री बढी देखिएको छ। यो ब्रोकरको  खरिदमा १७ करोड २७ लाख रुपैयाँ तथा बिक्रीमा १८ करोड ८९ लाख रुपैयाँ रहेको छ। 

दसौँमा कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)को खरिद बढी रहेको छ। यो ब्रोकरको खरिदतर्फ १५ करोड ५५ लाख रुपैयाँ र बिक्रीतर्फ १४ करोड ४१ लाख रुपैयाँ रहेको छ। 

यस्ता छन् टप ब्रोकरले किनबेच गरेका कम्पनीहरुका सेयर

नासाको टप खरिदमा अप्पर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी र प्रभु इन्स्योरेन्सका सेयर छन्। नसाबाट अरुण काबेली, रिडी पावर र गोर्खाज फाइनान्सको सेयर उच्च बिक्री भएको छ। 

अनलाइन सेक्युरिटिजको उच्च खरिदमा सिभिल बैंक, एनआरएन इन्फ्रास्टक्चर र नेको इन्सुरेन्सका सेयर परेका छन्। बिक्रीतर्फ एसबीआई बैंक, मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर उच्च बिक्री भएको छ। 

यसैगरी भिजन सेक्युरिटिजको टप खरिदमा प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेसनल लाइफको सेयर छन्। यो ब्रोकरबाट प्राइम लाइफ, स्वावलम्बन लघुवित्त र नबिल बैंकको सेयरको उच्च बिक्री भएको छ। 

इम्पेरियल सेक्युरिटिजको टप खरिदमा सीएचडीसी हाइड्रोपावर, मध्य भोटेकोशाी र एनटीसीका सेयर रहेका छन्। यो ब्रोकरबाट साहास ऊर्जा, जीवन विकास लघुवित्त र स्वावलम्बन लघुवित्तको सेयर उच्च बिक्री भएको छ। 

दक्षिणकाली धितोपत्रको टप खरिदमा शिवम सिमेन्ट, ज्योति बिकास बैक र सांग्रिला विकास बैंकका सेयर रहेका छन् भने उच्च बिक्रीतर्फ शिवम सिमेन्ट, एभरेस्ट बैंक र नेपाल बैंकका सेयर छन्।

सनी सेक्युरिटिजको टप खरिदमा नेपाल लाइफ इन्स्योरेनस, मध्य भोटेकोशी र आरएमडीसी लघुवित्तका सेयर छन् भने उच्च बिक्रीतर्फ हिमालयन एभरेस्ट इन्स्योरेन्स, ङादी ग्रुप पावर र नेसनल हाइड्रोका सेयर रहेका छन्। 

यसैगरी डाइनमिक मनी म्यानेजरको टप खरिदतर्फ एनआईसी एसिया बैंक, रिडी पावर र स्वरोजगार लघुवित्त तथा उच्च बिक्रीतर्फ स्वरोजगार लघुवित्त, एनआईसी एसिया बैंक र अपी पावरका सेयर रहेका छन्। 

आर्यतार सेक्युरिटिजको टप खरिदमा ङादी ग्रुप पावर, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी तथा उच्च बिक्रीतर्फ अप्पर तामाकोशी, ङादी ग्रुप पावर र हिमालयन डिस्टिलरीका सेयर रहेका छन्। 

त्यस्तै कोहिनुर सेक्युरिटिजको टप खरिदमा लुम्बिनी विकास बैंक, रिडी पावर र नेपाल लाइफ तथा उच्च बिक्रीतर्फ एचआईडीसीएलको प्रमोटर, छिमेक लघुवित्त र नेष्डो समृद्ध लघुवित्तका सेयर रहेका छन्।