काठमाण्डौ । नेपालको सेयर बजारमा बिहीबार एउटा इतिहास रचिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत इतिहासकै धेरै संख्यामा कारोबार भएको हो ।
कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको छ ।
यो दिनको कारोबार रकम भने ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा सीमित बन्न पुगेको छ ।
नेप्से परिसूचक भने करिब १० अंकले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago