काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले गत साताको बिहीबार सम्पन्न धितोपत्र कारोबारको राफसाफ आज गर्ने भएको छ ।

गत भदौ २५ गते बिहीबार नेप्सेको टीएमएसमा प्राविधिक समस्या उत्पन्न भएपछि भद्रगोल भएको धितोपत्र कारोबारको राफसाफ आज हुने भएको हो ।

गत बिहीबार २ः१५ अगाडि भएको सम्पूर्ण कारोबार रद्ध हुने नेप्सेको निर्देशनबमोजिम सो दिन पुनः कारोबार सुचारु भएको २ः१५देखि ५ः१५ सम्मको मात्र राफसाफ हुने सिडिएससीको भनाइ छ । 

यसैगरी गत आइतबार भदौ २९ गते पनि टीएमएसमा प्राविधिक समस्या खडा भएपछि २ः१५ अगाडि भएका कारोबारबाहेक अन्य कारोबार पनि आज नै राफसाफ भएको सिडिएससीले जनाएको छ ।

गत बिहीबार र आइतबार नेप्सेको टीएमएसमा उत्पन्न प्राविधिक समस्याका कारण अधिकांश लगानीकर्ताहरुलाई धितोपत्र कारोबारमा समस्या उत्पन्न भएको थियो भने सिस्टम खराबीका कारण सेयर खरिदबिक्रीको अर्डर १६ पटकसम्म भएको थियो ।