काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले एमएम क्याफेमा ८ प्रतिशत छुट पाउने भएकाछन्। 

एमएम क्याफेमा बीओकेको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र एमएम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि बैंकका ग्राहकले एमएम क्याफेको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको ८ प्रतिशत छुट पाउनेछन्। एमएम क्याफेले ललितपुरको झम्सीखेलमा अवस्थित छ। 

बैंकले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ।