काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगस्वरुप २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपालभित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उत्पादन गर्दै आइरहेको आविष्कार केन्द्रलाई संघले वित्तीय सहयोग हस्तान्तरण गरेको हो। आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन्। 
संघका अध्यक्ष अरुण श्रेष्ठले एक समारोहबीच आविष्कार केन्द्रका अध्यक्ष पुनलाई उक्त रकमबापतको चेक हस्तान्तरण गरेका हुन्। आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आइरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको श्रेष्ठले जानकारी दिए। 
संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंकसँगै अग्र स्थानमा रही सेवा गरिरहेकोे छ।