काठमाण्डौ । नेपालीको आउँदै गरेको चाडपर्वहरु दसैँ, तिहार, नेपाल संवत तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
पर्वको बहार, बीओकेको उपहार भन्ने मुलनाराका साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहकले सजिलोसँग सामसुङ ब्रान्डका स्मार्टफोन, स्मार्टवाच तथा ट्याबेटहरु बंैकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन्।
बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच बैंक क्रेडिट कार्डबाहकलाई सामसुङको स्मार्टफोन, स्मार्टफोन तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो।
यस योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिनका लागि अनलाइनका माध्यमबाट पनि आवेदन दिन सक्नेछन्। यस सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदिजस्ता सुविधाहरु पाउनेछन्।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि काठमाण्डौमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेका छन्।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago